Filed under: lifestyle
|
शरद चिराग
स्थापनाको पच्चीस वर्ष भर्खरै पूरा गरेको एकता बुक्सले त्यसैको खुसीयालीमा आफ्ना पारिवारिक सदस्य, शुभचिन्तक र व्यावसायिक साझेदारहरूका लागि हालै आयोजना गरेको एउटा प्राइभेट पार्टीमा १२ सय जनाले उपस्थिति जनाए। |
हप्तैपिच्छे हजारौंको संख्यामा जुलुस निस्किने शहरमा यो त्यति ठूलो संख्या नहोला तर यो एउटा इन्डिकेटर हो, जसले पच्चीस वर्षअघि खुलेको सानो स्टेसनरी अहिलेको एकता बुक्स डिस्ट्रिब्युर्टस प्रालिसम्म आइपुग्दा यसको आकारमा आएको व्यापक फैलावटलाई देखाउँछ।
पच्चीस वर्षको भगीरथ प्रयत्नले करोडौंको सम्पत्ति जोडेको एकता बुक्सका सारथि रामचन्द्र तिमोथी भने उत्तिकै व्यस्त र धपेडीको जीवन बाँचिरहेका छन्। हँसिला र मिजासिला उनी आफ्नो सफलताको यो क्षणमा आइपुग्दा गर्वित मात्र छैनन्। ँपछाडि फर्केर हेर्दा यत्रो सफलता कसरी पाएँ भनेर आफैं पनि छक्क पर्छु-उनले सुनाए। उनका विचारमा मानिस रोगी भएर पनि लामो समयसम्म बाँच्न सक्छ तर स्वस्थ भएर लामो समय बाँच्नु नै सफल हुनु हो र एकताले यस्तै सफलता प्राप्त गरेको छ।
मामा एडोन रोडगोडले चलाएको पाटन बुक हाउस र विराटनगरको हिमाली प्रकाशन बन्द भएको नियति नजिकैबाट देखे/भोगेका रामचन्द्र तिमोथीले २०३४ सालमा हिसप बुक हाउस खोले। केही वर्षछि त्यसलाई पाटनकै सहपाठी भीमलाल महर्जनलाई हस्तान्तरण गरी उनले २०३९ सालमा थापाथलीमा एकता बुक्स एन्ड स्टेसनर्स खोलेका थिए। उनका मामाले आफू फेल हुनुको कारण बताइदिएकाले ँरामदाइ’ का नामले चिनिने रामचन्द्र तिमोथीले व्यापारमा त्यसपछि फ्रस्टेसन भोग्नुपरेन। प्राध्यापक रहेका उनका जेठा मामाले पनि प्राज्ञिक वर्गको संगत गर्न पाइने हुनाले उनलाई पुस्तक प्रकाशनको क्षेत्रमा लाग्न सुझाव दिएका थिए। शुरूमा विद्यालय र विश्वविद्यालयतहका पाठ्यपुस्तक र सर्न्दर्भसामग्रीको प्रकाशन र वितरणबाट व्यापार बढाउन थालेको एकताले अहिले नेपालभित्र मात्रै होइन, भारतका १३ प्रान्त र भुटानमा पनि बजार विस्तार गरिसकेको छ। अन्तराष्ट्रिय बजारको खोजी गरिरहेको यो संस्था अब मलेसिया, थाइल्यान्ड र श्रीलंकामा पनि जान खोजिरहेको छ।
बीस वर्षकाम गरेपछि पेन्सन पकाएर बुढ्यौली जीवन काट्ने हाम्रो समाजमा पच्चीस वर्षकाम गरेर पनि उनी थाकेका छैनन्। ँबल्ल त कपाल पाक्न शुरू भो, पेट बढ्न थाल्यो, मानिसहरूले एकताको साहूजी भनेर पत्याउन थालेका छन्, अहिल्यै अवकाशको जिन्दगी जिउने बेलै भएको छैन’, उनले उत्साहित हुँदै भने- ँमैले त जिम्मेवारी थपिएको महसुस पो गरेको छु त।’ सानो उमेरमा व्यवसाय शुरू गरेका हुनाले उनका क्लाइन्ट -खास गरी भारतीयले) उनलाई साहूजी भनेर नपत्याउने र बाबुलाई बोलाऊ भन्ने गरेको उनले सुनाए।
एकताले अब के गर्छ त- पब्लिक कम्पनी बनेको र करोडौंको सम्पत्ति आफ्नो नाममा भएको एकताले महत्त्वाकांक्षी प्रोजेक्ट सम्पन्न गर्दै रहेछ। ँहामी शब्दकोश परियोजनामा लागेका छौं’, उनले सुनाए- ँनेपाली-अंग्रेजी, अंग्रेजी-नेपाली, एकता नेपाली शब्दकोश र पारिभाषिक शब्दकोषको काम सत्र वर्षदेखि चलिरहेको छ र हामी अन्तिम चरणमा आइपुगेका छौं।’ नेपाली शब्दकोशका लागि मात्रै झन्डै नौ लाख शब्द संकलन गरिएको उनले खुलासा गरे। यसबाहेक एकताले बालसाहित्य र श्रव्यदृश्यका क्षेत्रमा पनि काम गरिरहेको छ।
यो त परियोजनाको कुरा भयो, रामचन्द्रको एउटा सपना छ, एकतासँग जोडिएको- ँम यसलाई अक्सफोर्ड, ओरिएन्ट लडम्यानजस्तो विश्वप्रसिद्ध संस्था बनाउन चाहन्छु, जुन तिमोथीपरिवारको साथ नपाए पनि सधैं अस्तित्वमा रहिरहोस्।’ उनले सपनाको कुरा गरेका हुन् तर उनको प्रगतिको गति हेर्दा यसलाई फ्यान्टसी मात्र भन्न मिल्दैन। पब्लिक कम्पनीमा गएपछि यसका १३ जना बोर्डमेम्बर छन्। यसका फाउन्डर भने उनीसहित उनकी श्रीमती सलोमी लेप्चा र दिलीप राई हुन्।
भक्तपुरको कटुन्जेमा वि. सं. २०१६ सालमा नेवारपरिवारमा जन्मिएका रामचन्द्र ट्वाँटिखल १२ वर्षको उमेरमा धर्म परिवर्तन गरी क्रिस्चियन बनेपछि नै रामचन्द्र तिमोथी बनेका हुन्। कालिम्पोङ मामाघर भएका उनी १२ वर्षको उमेरमा बाबु बितेपछि पोखरामा हुर्केको बताउँछन्। नेवारजस्ता नदेखिने उनको पुर्विया लवजका कारण धेरैले उनलाई पूर्वोत्तर भारतको र धर्मप्रचारक भन्ठान्ने गरेको उनको अनुभव छ। ँयहाँ गरिखान नदिन धेरैले त्यस्तो भनेका होलान्’, प्रस्टीकरणको भाषामा उनी भन्छन्- ँडाँडामाथिको शहरलाई सबैले देख्छन् भन्ने साँचो रहेछ, हामी पनि शिखरमा पुगेको धेरैलाई स≈य नभएको होला।’
पोखराका आफ्ना साथीकी बहिनी सलोमी लेप्चालाई मन पराएपछि सन् १९८१ मा उनैसँग बिहे गरेका उनी त्यसयता सुखद दाम्पत्य जीवन बिताउँदै छन्। उनको व्यापारव्यवसायमा पनि उनले सधैं साथ दिँदै आएकी छन्।
हालै मात्र नेपाल पब्लिर्सस एसोसिएसनका अध्यक्ष बनेका उनले प्रकाशनको क्षेत्रमा हुने विकृति रोक्न भरमग्दुर प्रयत्न गर्ने बताएका छन्। पाइरेसी र फोटोकपी गर्ने प्रवृत्तिका विरुद्ध लाग्ने उनको योजना छ। यो क्षेत्रमा सरकारी उदासीनताले पनि उनलाई दिक्क बनाएको छ। यो क्षेत्र सेवामुखी भएकाले अन्यत्र कर तिर्नुनपर्ने भए पनि यहाँ भ्याट, भन्सार र कर तिर्नुपरिरहेको बताउँछन्। यति हुँदाहुँदै पनि नाफा कमाउन पाइरेसी र फोटोकपी गर्न नपर्ने उनको धारणा छ। केही वर्षअघि कर छलेको भन्ने रिपोर्ट परेपछि सरकारी प्रताडना झेलेका उनले केही समयअघि त्यसमा सफाइ पाएका छन्। नेपालका प्रकाशकहरूले अझै पनि एथिकल्ली व्यापार गर्न नसकेको भोगाइ सुनाउने उनी बिजनेस कल्चर समृद्ध हुनुपर्नेमा जोड दिन्छन्।
पुस्तक प्रकाशन र वितरणको व्यवसायका साथसाथै उनले हालै मात्र पर्यटन उद्योगमा पनि हात हालेका छन्। पोखरा, सिलिगुडी, सिटोड र भुटानमा रिसोर्टमा लगानी गरेका उनले सिटोडमा जुस, जाम र पिकलको उद्योग सञ्चालन गरेका छन्।
किताब छाप्ने र बेच्ने व्यवसायमा वर्षौंदेखि लागेका उनी आफैंचाहिँ कत्तिको किताब पढ्छन् त- ँखास रुटिन त छैन तर किताब भएपछि मलाई अरू केही चाहिँदैन’, उनी भन्छन्- ँयत्तिको किताब नपढ्ने भए म यो व्यवसायमै हुने थिइनँ होला।’ व्यवस्थापनमा उच्चशिक्षा हासिल गरेका उनी एकताबाट प्रकाशित व्यवस्थापनसम्बन्धी ४०/५० वटा किताबका लेखक हुन् तर त्यसमा उनको नाम छैन। किताबको शीर्षक, लेखक र भूमिकाका आधारमा कस्तो किताब हो भनेर थाहा पाउन सकिने उनका विचारमा पछिल्लो समयमा आख्यानभन्दा पनि गैरआख्यान विषयका किताब पढ्नेहरूको संख्या बढेर गएको छ। नेपाल मिसन एसोसिएसनलगायत दर्जनौं संघसंस्थामा आबद्ध उनी नेपालको किताब व्यापारमा अझै धेरै गर्ने कुरामा दृढ छन्।
Filed under: lifestyle
|
शरद चिराग एक दशकअघि पनि सञ्जीव उप्रेती त्यसरी नै गाडी हाँकेर विश्वविद्यालयमा पढाउन जान्थे जसरी अहिले जान्छन्। उनको रुचि, रहनसहन र गेटअपमा पनि खास उल्लेखनीय परिवर्तन भएको छैन। तर केही त पक्कै चेन्ज आएको छ उनमा। त्यति बेला उनले एमए गरेका थिए। अहिले पीएचडी डाक्टर छन्। सबैले देख्ने फरक भने अर्कै छ। त्यति बेला उनका विद्यार्थीबाहेक सानो जमातले मात्र उनलाई चिन्थ्यो, अहिले उनको परिचयको त्यो दायरा निकै फराकिलो भएको छ। आफ्ना किताबको भूमिका लेखिदिन, कार्यक्रममा वक्ता बनिदिन आग्रह गर्दै आउने निम्तापत्रहरूको चाङ लाग्छ उनको अध्ययनकक्षमा। |
|
मालीगाउँको उनको निवासमा शशि शाहका मुख बाइरहेका घोडाको चित्रनजिकै बसेर एकाबिहानै गफिन शुरू गर्दा उनी भर्खर छोडेको ज्वरो र रुघाखोकीको धङधङीबाट तंग्रिन खोज्दै थिए।
कुरा गर्नु थियो- उनको नवीन कृति घनचक्करबारे। केही महिनाअघि नेपालयले प्रकाशन गरेको उनको यो उपन्यास अहिले नेपाली साहित्यका नियमित पाठकभन्दा बाहिरको सर्कलमा पनि चर्चामा रहेको छ। हालै सम्पन्न पुस्तकमेलामा धेरै बिक्ने किताबहरूको सूचीमा यो पनि परेको थियो। ँयो किताबको फिडब्याकले म औधी हौसिएको छु’, प्रफुल्लित हुँदै उनले कुरो शुरू गरे- ँदेशको पागलपनको पराकाष्ठा नै मेरो उपन्यासको मूल विषय हो।’ उनकै भनाइमा केही तथ्य र केही कल्पनालाई मिसाएर उपन्यासको बुनोट तयार गरिएको हो। ँयही शहरमा सेटिङ गरिएको उपन्यासभरि व्यक्ति, समाज र राष्ट्रको पागलपन छरपस्ट पाउन सकिन्छ’ -उनले भने।
प्रथमपुरुषमा लेखिएको उपन्यासको मुख्य पात्र विश्वविद्यालयमा पढाउँछ, पत्रपत्रिकामा फ्याक्ट एन्ड फिक्सन शीर्षक कोलममा लेखहरू लेख्छ। एउटा अंग्रेजी दैनिक पत्रिकामा सञ्जीव उप्रेतीको यही शीर्षकको कोलममा लेख पढ्ने गरेका र उनी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् भन्ने थाहा पाएकालेचाहिँ यसको मुख्य पात्र उनै हुन् कि भन्ने अनुमान लगाउँछन्। ँयसो हुनु अन्यथा होइन। मलाई चिन्ने धेरैले यो मेरै कथा हो कि भनेर सोधेका छन्’, स्पष्टीकरण दिने लवजमा उनी भन्छन्- ँत्यसो हुन्थ्यो भने त यो उपन्यास होइन, अटोबायोग्राफी हुन्थ्यो। त्यसैले मेरो होइन, यो समयको कथा हो।’ हरेक लेखक आफूले भोगेका समय, अनुभूति र कथाहरूबाट पृथक् हुन नसक्ने हुनाले यस्तो भएको उनको स्पष्टोक्ति छ।
पागलपनका कारण घर छोड्न बाध्य मुख्य पात्र उपन्यासको अन्त्यसम्म आइपुग्दा घर फर्किन्छ। त्यति बेला देश हत्या-हिंसा र आन्दोलनको चरण पार गरेर संविधानसभाको निर्वाचन हुने स्थितिसम्म आइपुगेको हुन्छ। ँउपन्यासमा त संविधानसभाको निर्वाचन हुने वातावरण तयार छ तर यथार्थमा भने अन्योल छ’, उनी भन्दै गए- ँयो अन्योलग्रस्त राजनीतिले गर्दा मेरा कतिपय पाठकले यसको सिक्वेल कहिले आउँछ भनेर सोध्न थालेका छन्।’ देशमा चाँडै संविधानसभाको निर्वाचन भएर गणतन्त्र आइदिए आफूले घनचक्करको सिक्वेल लेख्नुपर्दैनथ्यो भनी कामना गरिरहेछन् उनी। प्रधानमन्त्री, मन्त्री, सांसद र अन्य नेताहरूले बेमतलबमा समय खर्च गरेको र आफ्नो कर्तव्यप्रति जिम्मेवार नभएको देखाइएको यो उपन्यासलाई उनी राजनीतिक सटायर भन्न रुचाउँछन्।
देशमा आन्दोलन चर्किएका बेला आफ्ना बा-आमा भेट्न झापाको शनिश्चरेस्थित घर गएका बेला यो उपन्यासको प्लट उनले सोचेका थिए। पछि काठमाडौं फर्केर विश्वविद्यालयबाट डेढ महिना बिदा लिएर यसलाई आकार दिएका उनले एकसाथ नेपाली र अंग्रेजीमा यो उपन्यास लेखेका थिए। अंग्रेजी भर्सन खोइ त- अबको एक वर्षभत्रमा यो प्रकाशित भइसक्ला- ँउनले भने। ँतर यो अनुवाद होइन है’ -उनले दोहोर्याएर भने।
केहीअघि गुरुकुलमा दिलभूषण पाठकसँग सुनील पोखरेलको निर्देशनमा न्यायप्रेमी नाटकमा अभिनय गरेका उनको उपन्यासलाई रंगमञ्चमा ढाल्दै छन् उनै सुनीलले। जनवरीको ७ तारिखदेखि नयाँ दिल्लीको नेसनल इन्स्टिच्युट अफ ड्रामामा यसलाई मञ्चन गर्न रिहर्सल शुरू भैसकेको छ।
४४ वर्षघि शनिश्चरेमा जन्मेका सञ्जीवलाई उनका बाबु आफूजस्तै मेडिकल डाक्टर बनाउन चाहन्थे। आइएस्सी गरेपछि सञ्जीवलाई अंग्रेजी साहित्य पढ्न मन लाग्यो। दार्जिलिङको सेन्ट जोसेफ कलेजबाट बीए र सन् १९८९ मा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा एमए सक्नासाथै उनले कीर्तिपुरमै पढाउन शुरू गरे। त्यसको पाँच वर्षपछि फुलब्राइट स्कलरसिप पाएर न्युयोर्कको स्टेट युनिभर्सिटीबाट अंग्रेजीमै दोस्रो पटक मार्स्र्टस गरेका उनले रोड आइल्यान्डको ब्राउन युनिभर्सिटीबाट सन् २००३ मा साहित्य र संस्कृतिको सिद्धान्त विषयमा पीएचडी गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको एमफिल कार्यक्रमको संयोजक रहेका सञ्जीव सिर्जनात्मक लेखनमा रुचि राखे पनि उनलाई अब कला र साहित्यको समालोचनासम्बन्धी किताब लेख्न मन छ। ँयसो भन्दैमा म फेरि उपन्यास लेख्दिनँ भन्नेचाहिँ होइन’, कुरो टुङ्ग्याउन खोज्दै उनले भने- ँतर समय त लागिहाल्छ।’
sharad.chirag@gmail.com
Filed under: lifestyle
|
युद्धसाहित्यका अभियन्ता शरद चिराग
नेपालले भोगेको एक दशक लामो द्वन्द्वका क्रममा लेखिएका कथाहरूको संग्रह द्वन्द्व र युद्धका कथा एक वर्षघि निकाल्ने जमर्को गर्दा नेपाली युद्धसाहित्यको पायोनियर नै भइएला भन्ने उनलाई थिएन। त्यसपछि लक्ष्मण गौतमको त्यस्तै संग्रह, महेशविक्रम शाहको छापामारको छोरो र अरू थुप्रैका कथासंग्रहदेखि उपन्याससम्ममा द्वन्द्व र युद्धले ठाउँ पाउन लागेपछि उनलाई राम्रै गरिएछ भन्ने भएको छ यतिखेर। |
दुई हप्ताअघि मात्रै यसको अंग्रेजी संस्करण स्टोरिज अफ कन्फ्लिक्ट एन्ड वार सार्वजनिक गरेका डा. गोविन्दराज भट्टराई यसको जस पाएर अहिले फुरुङ्ग छन्। मैले पनि युद्धका कथा लेखेको छु भनेर उनलाई फोन गर्ने स्रष्टाहरू बढेका छन्। ँयो सकारात्मक कुरा हो, हामी युद्धबाट मर्माहत भएका छौं, त्यसैले पहिले युद्धका बारेमा लेखेर त्यसपछि अरू विषयतिर लागौं भन्ने मेरो आग्रह हो’ -उनी भन्छन्।
२५ जना कथाकारले द्वन्द्वका बेला जोखिम मोलेर लेखेका र पत्रपत्रिकामा छापिएका विभिन्न थिमका २५ वटा कथाको संग्रहमा उनले क्षेत्रीयतादेखि पुस्तासम्म सबैको प्रतिनिधित्व गराउन खोजेका छन्। एक वर्षभित्रै दोस्रोपल्ट मुद्रण भएको यही संग्रहलाई नेपाली युद्धकथाहरूको प्रतिनिधिसंग्रहका रूपमा अन्तर्राष्ट्रिय जगत्सम्म पुर्याउन उनले एक वर्षलगाएर अंग्रेजीमा अनुवादसमेत गरेका हुन्।
नेपाली साहित्यलाई विश्वसाहित्यमा चिनाउने मेरो प्रयास हो यो’, ट्याङ्लाफाँटस्थित आफ्नै निवासमा भलाकुसारी गर्दै उनले भने- ँम सबै कुरा गर्न नसकुँला तर जग बसाल्नसम्म सक्छु कि भनेर लागिपरेको छु।’ लामो समय द्वन्द्वमा फसेको नेपालमा उनले सम्पादन गरेको यो संग्रह मन पराइपछि उनले ठानेका छन्- युद्धले दिएका पीडा, त्यसको छटपटी र आर्तनादलाई पढ्न मानिसहरू रुचाउँदा रहेछन् किनभने यो आफ्नै समयको र आँखाअगाडिको कथा हो।
विश्वमा युद्धसाहित्यको महत्त्व धेरै भएको र संसारभरका नाम चलेका विश्वविद्यालयमा यसको पढाइ हुने हुनाले नेपालमा यस्तो परिपाटी बस्नुपर्नेमा उनको जोड छ। युद्ध खराब कुरा हो भनेर चिनाउन पनि पाठ्यक्रममा युद्धसम्बन्धी कथा, कविता, उपन्यासजस्ता विधालाई समावेश गर्नुपर्ने उनको धारणा हो। उनी द्वन्द्व र युद्धका कथाको दोस्रो भोल्युम पनि निकाल्ने सुरसारमा छन्। ँ१७ वटा कथा पुगिसकेको छ, एक वर्षभत्र यो किताब बजारमा आइसक्छ’ -भन्छन् उनी। उनी यतिमै थामिनेछैनन्। नेपाली युद्ध र द्वन्द्वका कविता शीर्षकमा एक सय कविका कवितालाई समेटेर प्रतिनिधिसंग्रह निकाल्ने काम शुरू भैसकेको छ। विष्णुविभु घिमिरेसँग मिलेर काम गरिरहेका उनका अनुसार यसमा पनि द्वन्द्वका बेला लेखिएका कविताहरू समेटिनेछन् तर यसमा कविको उमेरदेखि अरू कुराको बन्देज हुनेछैन। चुनिएका उत्कृष्ट कविता यसमा समेटिनेछन्।
एमाले नेता केपी ओलीका सहपाठी यिनले २०२६ सालमा झापाबाट एसएलसी दिएपछि दुई वर्षसम्म भुटान पुगेर काम गरे। भारतको इलाहाबादबाट आईए गरेका उनले झापा फर्केर सेवाकालीन शिक्षक भएपछि कीर्तिपुरबाट बीए र बीएड गर्न भ्याए। २१ वर्षको उमेरमा भुटानका नेपालीहरूको राजनीतिक र सांस्कृतिक पीडा समेटिएको मुगलान उपन्यास लेख्न भ्याएका उनी अहिले पनि सिर्जनात्मक लेखनमा औधी रहर गर्छन्। झापा र मोरङमा मास्टरी गरिरहँदा उनले कीर्तिपुरबाट एमए-एमएड गरे। विश्वविद्यालयसेवामा २०३८ सालमा प्रवेश गरेपछि १० वर्षसम्म धनकुटा क्याम्पसमा पढाए। कर्ीर्तिपुरमा सरुवा भएर आएपछि उनले भारतको हैदराबाद विश्वविद्यालयबाट अनुवाद विषयमा पीएचडीसमेत गरे।
मोटरगाडी हर्ेन ६ दिन हिँड्नुपर्ने पाँचथरको विकट गाउँ च्याङथापका उनी हाइस्कुल पढ्न खाली खुट्टा मधेस झरेका थिए। ४० वर्षपछि अहिले आफ्नो अञ्चलकै अंग्रेजी विषयका पहिलो प्राध्यापक बनेका उनी साधारण जीवन र मिजासिलो व्यवहारले विद्यार्थी र साहित्यकारमाझ लोकप्रिय छन्। अंग्रेजी विभागको प्रमुख हुँदै अहिले सहायक डीनसम्म हुन आइपुग्दा पनि उनमा दम्भ पलाएको छैन न त अति महत्त्वाकांक्षा नै। ँभीरको पल्लो छेउको मान्छेलाई यो ठूलै उपलब्धि हो’, उनी पुराना दिन सम्झिँदै भन्छन्- ँखोज्दै जाँदा भाग्य पनि भेटियो।’
उनको पछिल्लो उपन्यास गत वर्षमंसिरमा निस्केको सुकरातका पाइलाको तेस्रो संस्करण आउने तयारीमा छ। उनको चर्चित कृति उत्तरआधुनिक ऐनाको पनि दुई वर्षा तेस्रो संस्करण आउने तयारीमा छ। अहिले उनी यतिमै मात्र सीमित छैनन्। निधन हुनुअघि कवि मोहन कोइरालाले भूमिका लेख्न जिम्मा लगाएका काव्यदेखि अभि सुवेदीको निबन्धसंग्रहलगायत झन्डै तीन दर्जन पाण्डुलिपि उनको भूमिका लेखिन लाममा छन्। उनले आफ्नो जीवनकै मास्टरपिस मानेको उत्तरआधुनिक विमर्श भन्ने पुगनपुग ६ सय पृष्ठको किताब पनि माघसम्ममा बजारमा आउने तर्खरमा छ।
सिर्जनात्मक लेखनमा औधी रुचि राख्ने भट्टराईले भूमिका लेख्नेदेखि अनुवाद गर्ने र विभिन्न कार्यक्रमको आतिथेय स्वीकार गर्नेसम्मको भूमिकाले थिचिएर यसमा त्यति धेरै समय दिन सकेका छैनन्। २०५९ सालमा नेपाली निबन्धहरूको अंग्रेजी अनुवाद सेलेक्टेड नेपाली एसेजपछिको पाँच वर्षा यो स्टोरिज अफ कन्फ्लिक्ट एन्ड वार उनको चौथो अनुवादसंग्रह हो। ँमेरा लागि यो अति महत्त्वपूर्ण छ’ -भन्छन् उनी। किन त- अनुवाद पढाइ हुने विश्वभरका विश्वविद्यालयमा यो कृतिलाई पाठ्यक्रममा राख्न लगाउने, त्यति नभए सन्दर्भसामग्रीका रूपमा भए पनि राख्न लगाउने महत्त्वाकांक्षी योजनामा लागेका छन् उनी। विदेशस्थित नेपाली दूतावास र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नेर्टवर्क प्रयोग गरेर विश्वभरका पुस्तकालय र विश्वविद्यालयसम्म पुग्ने उनको लक्ष्य छ।
विश्वमा अनुहार देखाउन अब पर्खालबाट बाहिर निस्कनुपर्ने उनको धारणा छ। शक्तिशाली प्रयोग, नवीन बाटो र विश्वले लिएको गति पक्डिन सके मात्र नेपाली साहित्य विश्वसाहित्यको हाराहारीमा पुग्न सक्ने र त्यसका लागि अंग्रेजीमा अनुवादको टड्कारो आवश्यकता ठानेका हुन् उनले। नेपाली वाङ्मयका साधकहरूले पाएको ज्ञान पारम्परिक र सीमित भएको हुनाले यसलाई ब्रोड बनाउन ढिला गर्न नहुने नेपाली युद्धसाहित्यका यी अभियन्ताको मान्यता छ।
Filed under: lifestyle
Sharad Chirag
Society was not open when a well known painter of this time, Ragini
Upadhyaya married sixteen years ago. A pure Brahmin girl Ragini, who
studied Britain and Germany , gave a wedding reception at Bluestar
hotel but some of her conservative relatives boycutted her marriage.
And the reason was, the bride Albert Grella she chose was not Nepali,
he is from Belgium .
Saranga Shrestha, who had made a good dancer image in Nepali film
industry, married a American guy Reginald E. Harrison, some couples of
years ago there in USA .Famous Nepali model and the first runner up of miss nepal 2005, Sarah
Gurung engaged some months ago with a Japanese origin guy, Sky Tetsuki
who is doing his business in America.These are some examples which
clears that the Nepalese marriage system is spreading its teritory to
the international level.
There are some rules and regulations that the middle and under middle
class people generally apply for their daughters’ marriage. That are –
boy should be from a well cultured family, intellectual, well earned
and should have a house in the capital city or another regional
cities. But now a days Nepalese people are spreading all over the
world for study or other purpose and their identity, culture and
behaviour has changed by time and the locality where they live.
Everyman wants to do somthing new. Wedding trends to different caste, religion, culture and nation are this type of seek of newness,- Pramod Khakurel, a sociologist who has returned from France after a long stay there says. Marriage between Nepalese women and foreign man is like the same kind of newness.Listen to Ragini- I had a big determination that i must take my own decision about my life.I had my art gallery at Bluestar comlex at that time. Albert Grella, an agricultural engineer, who worked for FAO at that time frequently came to my gallery. That meetings created the situation and we felt in love and we decided to marry.’ Her father was from old age but not that much conservative to stop her marriage. Becasue of his green signal the marriage was possible but some of her relatives didn’t like her marriage. There must be some problem in such marriage. According to Ragini western influence is high in Nepalese society but still some old traditions have not brokened. That’s why there are some problem. ‘I havenot any problem because of religion because my husband’s family doesn’t believe in any religion’-Ragini says-’But my mom was worried because she believed that marriage with a foreigner would break soon. And my mother in law was not happy because I am from another country and an artist ( artist earns little money,she thinks).’
The story of an actor Saranga Shrestha is different. Seeking for bright future she left to America instead of acting Nepalese movies, Saranaga (34) married ten years older American guy who chased after her because of her dance. Why she chose an American? ‘ Because he is caring and he understand me and my culture’- Saranga told some months ago when she came here in Nepal with her husband for the first time after her marriage.Her family wanted her marriage with a Nepali guy.But she persuaded them that he is nice and suitable for her and her family agree to marry with him considering that their daughter must took a mature decision. Harrison,the real estate businessman of Maryland , USA , wanted to stay here in Nepal but Saranga denied because she thought that the type of work is different here than America and they both went back to USA .Model Sarah Gurung met 29 years old Sky Tetsuki who came in Nepal for garment business. In their second meeting they went to Jay Nepal cinema hall to watch Indian movie Fana. Sky met sarah twice before he went back to America . But when he was America he felt he is in love with sarah then they both talked on phone. After one month he returned back to Nepal and proposed her family for marriage. The Christian family of Sarah, happily agreed but they married according to Hindu culture, because both of them love this culture. Sarah, who went to America recently says that her family supported her and there was no any difficulties in her marriage.
After the successful sixteen years of her marriage what does Ragini Think? ‘There are some difficulties in international marriage’- she says-’ because of culture, language and lifestyle.’ She studied in Britain and Germany , that’s why European culture and lifestyle isnot barrier in her case but other women might not have such facilites. Her husband is living in Nepal ( currently working at a road project in Dhangadi). She has a seprate room in her home to pray Hindu god and goddesses. They make Nepalse food in the morning and foreign food in the evening. If any invitation came from any Nepalese to this couple who have a daughter who is reading in seventh standard, Albert hesitate to attend the party. Why? ‘ He doesn’t take a good company.’- Ragini says.But there are not the only happiness in the marriage with a foreigner. Dr. Meena Acharya, was from the first generation who started marriage with foreigner (foreigner means except Indians). To study economics she went to Russia in 1960, gave her heart to a Russian named Victor Aleksevich Sijakov, who was reading the same University but in a law department. Victor stayed with the Nepalese students (one is Dr. Madhav Sharma, present vice chancelor of Tribhuwan University ). Thats why Meena frequently met him and felt in love.When they decided to marry in 1962, they had a problem. At that time if a Nepalese girl marries with foreigner she must left the Nepalese citizenship. In this condition she requested her father who is former prime minister Tanka Prasad Acharya, to help them. Then her father requested King Mahendra (at that time) and they married to keep their passport in the Nepalese Ambassy in Mosco. ‘Although my father helped to marry me with Victor, but he was not that much happy’- Meena says. That much efforts didn’t work for a long. Her marriage broked in 1976. ‘I never liked to live outside Nepal ‘-she says-’ I wanted to stay here in Nepal and he wanted to go in Russia . We have conflict in this matter and we decided to divorce.’ But her husband came intelligent. He allow their daughter with her and send money till she finished her school education. ‘I don’t have any relation with him but he is still in touch with our daughter (who is in USA now)’- she says.
Many people are skeptic to marry with a foreigner because they think that their marriage may not go long. In the urban area of Nepal has already increasing the divorce rate day by day and in this condition those thinkings are normal. According to a sociologist, Pramod Khakurel, those marriage are in verge to break up because of linguistic,cultural, social and sexual understanding. Those foreign gentalman who marries with a Nepalese girl, doesn’t take Nepalese citizenship and theire childrens have to stay for a long time to take Nepalese citizenship. ‘That’s why they are forced to go abroad’- says an advocate Meera Dhungana. She advocates that the government must give them the citizenship by birth. Because of the open society and the easy connection with the foreigner, those types of marriage won’t decrese but increase day by day. Thus in the wording of Meera Dhungana, government must loosen the legal criteria for those marriage.sharad.chirag@gmail.com