Filed under: kala
शरद चिराग
संसारभर गरी दुई सयभन्दा बढी कन्सर्ट गरिसकेका उनी हालसालै मात्र लन्डनको
रोयल अल्बर्ट हलमा बेलायती युवराज चार्ल्सको उपस्थिति रहेको कन्सर्टमा
सहभागिता जनाएर काठमाडौंमा आएका छन्।
राजधानी आएपछि अस्ट्रेलियन दूतावास र संयुक्त राष्ट्रसंघीय महिला संगठनको
आयोजनामा सम्पन्न कन्सर्ट गरिसकेका उनी अब छिट्टै अस्ट्रेलिया हानिनेछन्,
जहाँ उनले आगामी एल्बम रिदम सूत्रका लागि तयारी गर्नु छ।
अन्तर्राष्ट्रिय रूपमा राम्रो पहिचान बनाएका उनी हुन् धीरज श्रेष्ठ।
काठमाडौंको मछिन्द्रबहालमा जन्मेका धीरज १२ वर्षेखि अस्ट्रेलियाको
ब्रिसवेनमा बस्दै आएका छन्।त्यहाँको क्विन्सल्यान्ड टेक्निकल र गिफ्ट युनिभर्सिटी गरी दुईवटा
विश्वविद्यालयमा वेर्स्र्टन, क्लासिकल र ज्याज संगीतका दिग्गजसँगै संगीत
शिक्षक रहेका उनले कलिलै उमेरमा अस्ट्रेलिया जानुअघि ललितकला क्याम्पसमा
संगीत पढाएका थिए।आफ्ना बाबु श्रीकृष्णभक्तसँग संगीत सिकेका उनले पछि होमनाथ उपाध्यायसँग पनि संगीत सिकेका थिए।
लामो समयदेखि नेपालमा कन्सर्टका लागि आउन मन भए पनि समय मिलाउन नसकेको
उनले जानकारी गराए। आफ्नी आमाको उपस्थितिमा १२ वर्षपछि पर्फ गरेका उनले बकाइदा घोषणा गरे, मेरो द धीरज प्रोजेक्टले नयाँ नेपाली कलाकारसँग मिलेर म्युजिक फेस्टिवल
आयोजना गर्ने र एल्बम निकाल्ने काम गर्छ।
सामान्यतया आफ्नै ब्यान्डका सदस्यसँग मात्रै काम गर्ने प्रचलन भए पनि
धीरजले आफूसँग बजाउन चाहनेहरूसँग काम गर्न तयार रहेको बताए। राजधानीको कन्सर्टमा आफ्नी भतिजी संस्कृति श्रेष्ठसँग पर्फ गरेका यी तबलावादकले अस्ट्रेलियामा संगीत पाठशाला खोल्ने योजना बुनेका छन्।
त्यसमा पनि म नेपाली कलाकारसँग मिलेर काम गर्न खोजिरहेको छु’ -उनले
सुनाए। छोटो समयको नेपाल बसाइमा धीरजले अनाथ आश्रमका बच्चाहरूसँग,
ब्रिटिस र लिंकन स्कुलमा पनि तबलाको वर्कसप चलाउन भ्याए।
हिन्दी फ्लेवरका दुई हलिउड चलचित्र बेन्ड इट लाइक बेक्हयाम र प्राइड एन्ड
प्रेजुडिसका संगीत निर्देशकसँग काम गरिसकेका उनी हलिउडकै एउटा एनिमेसन
चलचित्रको संगीत निर्देशकमा चुनिएका छन्।
प्यासेन्स, डन फ्लाइ र फ्लेमेन्को ज्याज गरी तीनवटा एकल एल्बम
निकालिसकेका उनले अरूसँग मिलेर थुप्रै एल्बममा काम गरिसकेका छन्।
तबलावादनमा स्पिरिचुवालिटीको वकालत गर्ने धीरज सधैँ आफ्नोपनमा विश्वास
गर्छन्। भन्छन्- ँसान फ्रान्सिस्कोमा कार्यक्रम गर्दा जाकिर हुसेनकी
अमेरिकी प्रमोटरले मेरो प्रस्तुतिलाई युनिक मानेर प्रशंसा गरिन्।’
जुन बाजा बजाए पनि त्यसलाई रेस्पेक्ट गरेर बजाउनुपर्ने धारणा राख्ने
धीरजले अन्तर्राष्ट्रिय रूपमा राम्रो पहिचान बनाइसके पनि नेपालमा भने
धेरैले उनलाई चिनिसकेका छैनन्। ँयो १२ वर्षा एउटा ग्याप भयो’, उनले भने-
ँतर अब मसँग मेरो प्रोजेक्ट छ त्यसैले अब ग्याप हुँदैन।’
Filed under: kala
|
(शरद चिराग) देशको भौतिक विकासले साहित्य र कलाका क्षेत्रमा कस्तो प्रभाव पार्छ भन्नेमा धेरैका विचार फरक हुन सक्लान् ।
हल्यान्डबाट नाटक लिएर नेपाल आएका टिनानिनानी समूहका निर्देशक आरी पिर्टसको विचारमा भने नेपालजस्तो विकासोन्मुख देशमा राजनीतिक विषयवस्तुले नाटकमा प्रशस्त ठाउँ पाउँछन् ।
हल्यान्डमा चाहिँ – हामीकहाँ नाटक भनेको विशुद्ध कला मात्रै हो’, आरी भन्छन्- मनोरञ्जनका लागि गरिने हुनाले हामीले गर्ने नाटकहरू प्राय अमूर्त हुन्छन् र तिनले सामाजिक विषयलाई बेसी छुन्छन् ।’
नेपालको अग्रणी नाट्यसंस्था सर्वनामको निमन्त्रणामा कलाकारहरू लारा स्टाल, आँकी भान इसे, हानेके द म्यान र श्रीमती सुजानसहितको पाँचसदस्यीय टोलीका साथ नेपाल आएका आरीले नेपाली कलाकारहरूका लागि दुईदिने कार्यशाला पनि चलाए ।
नेपाली कलाकारहरू ट्यालेन्ट छन् तर उनीहरूलाई सिक्ने स्कुलको खाँचो पनि छ’, उनले हौसिँदै भने- ँनेपाली नाट्यक्षेत्रबाट आशावादी हुने ठाउँ मैले देखेँ ।’
विश्वका ८० भन्दा बढी देशमा आफ्ना नाटक प्रदर्शन गरेका आरी आर्म्सटडमनजिकको अल्क्मार शहरको थिएटर स्कुल फर युथ -युवाका लागि नाट्य पाठशाला) का निर्देशकका साथै विश्वविद्यालयका नाट्यशिक्षक पनि हुन् । १२ वर्षअघि सुजान भान हल्स्टले स्थापना गरेको यो स्कुलले पाँच वर्षेखि २० वर्षम्मका युवाहरूलाई नाट्यशिक्षा दिन्छ । सुजानका अनुसार नेपालको सामाजिक व्यवस्थाअनुसार नाटकले आफ्ना दर्शकलाई कन्भिन्स गराउन सकेको छ ।
नेपाली कलाकारको प्यासन मन पराएकी उनले कलाकारहरूलाई थप तालिमको आवश्यकता भएको पनि बताइन् ।
हामीले सर्वनामसँग सहकार्य गर्न चाहेका छौं’ -सुजानका पति तथा निर्देशक आरीले भने । सर्वनामका निर्देशक अशेष मल्लकी छोरी सम्पदासँग अनलाइन च्याटमा भेटिएर दोस्ती बढेपछि नेपालमा नाटकको क्षेत्रमा केही गर्ने भनेर लागिपरेको टिनानिनानी समूहले अर्को वर्षहल्यान्डमा सर्वनामसँग संयुक्त कार्यक्रम गर्ने सोच बनाएको छ ।
आरी भन्छन्- हाम्रो सहकार्यमा सहयोग गर्न हामीले हाम्रा सरकारलाई दबाब दिन सक्नुपर्छ ।’
दुई दिनको कार्यशालापछि तीन जना नेपाली र हल्यान्डका तीन जना कलाकार मिलेर देखाएको नाटक याकोभ इन नेपालले दर्शकबाट प्रशंसा पाएपछि हौसिएका सर्वनामका अशेष मल्ल पनि नेपालमा नाट्य स्कुल खोल्न आवश्यक व्यवस्थाको खोजीमा जुटेको बताएका छन् ।
२६ वर्षघि स्थापित सर्वनाम केही समयको निष्त्रियतापछि हालका समयमा सक्रिय हुँदै गएको छ । अशेषलाई पत्याउने हो भने अबका केही वर्षा नेपाली नाटक नेपालभित्र मात्र सीमित हुनेछैन, युरोप र अमेरिकासम्म पनि पुग्नेछ । |