SHARAD CHIRAG ONLINE


रामदाइ र अक्सफोर्ड सपना
December 27, 2007, 9:17 am
Filed under: lifestyle

शरद चिराग

स्थापनाको पच्चीस वर्ष भर्खरै पूरा गरेको एकता बुक्सले त्यसैको खुसीयालीमा आफ्ना पारिवारिक सदस्य, शुभचिन्तक व्यावसायिक साझेदारहरूका लागि हालै आयोजना गरेको एउटा प्राइभेट पार्टीमा १२ सय जनाले उपस्थिति जनाए।

हप्तैपिच्छे हजारौंको संख्यामा जुलुस निस्किने शहरमा यो त्यति ठूलो संख्या नहोला तर यो एउटा इन्डिकेटर हो, जसले पच्चीस वर्षअघि खुलेको सानो स्टेसनरी अहिलेको एकता बुक्स डिस्ट्रिब्युर्टस प्रालिसम्म आइपुग्दा यसको आकारमा आएको व्यापक फैलावटलाई देखाउँछ।

पच्चीस वर्षको भगीरथ प्रयत्नले करोडौंको सम्पत्ति जोडेको एकता बुक्सका सारथि रामचन्द्र तिमोथी भने उत्तिकै व्यस्त धपेडीको जीवन बाँचिरहेका छन्। हँसिला मिजासिला उनी आफ्नो सफलताको यो क्षणमा आइपुग्दा गर्वित मात्र छैनन्। ँपछाडि फर्केर हेर्दा यत्रो सफलता कसरी पाएँ भनेर आफैं पनि छक्क पर्छु-उनले सुनाए। उनका विचारमा मानिस रोगी भएर पनि लामो समयसम्म बाँच्न सक्छ तर स्वस्थ भएर लामो समय बाँच्नु नै सफल हुनु हो एकताले यस्तै सफलता प्राप्त गरेको छ।

मामा एडोन रोडगोडले चलाएको पाटन बुक हाउस विराटनगरको हिमाली प्रकाशन बन्द भएको नियति नजिकैबाट देखे/भोगेका रामचन्द्र तिमोथीले २०३४ सालमा हिसप बुक हाउस खोले। केही वर्षछि त्यसलाई पाटनकै सहपाठी भीमलाल महर्जनलाई हस्तान्तरण गरी उनले २०३९ सालमा थापाथलीमा एकता बुक्स एन्ड स्टेसनर्स खोलेका थिए। उनका मामाले आफू फेल हुनुको कारण बताइदिएकाले ँरामदाइ का नामले चिनिने रामचन्द्र तिमोथीले व्यापारमा त्यसपछि फ्रस्टेसन भोग्नुपरेन। प्राध्यापक रहेका उनका जेठा मामाले पनि प्राज्ञिक वर्गको संगत गर्न पाइने हुनाले उनलाई पुस्तक प्रकाशनको क्षेत्रमा लाग्न सुझाव दिएका थिए। शुरूमा विद्यालय विश्वविद्यालयतहका पाठ्यपुस्तक सर्न्दर्भसामग्रीको प्रकाशन वितरणबाट व्यापार बढाउन थालेको एकताले अहिले नेपालभित्र मात्रै होइन, भारतका १३ प्रान्त भुटानमा पनि बजार विस्तार गरिसकेको छ। अन्तराष्ट्रिय बजारको खोजी गरिरहेको यो संस्था अब मलेसिया, थाइल्यान्ड श्रीलंकामा पनि जान खोजिरहेको छ।

बीस वर्षकाम गरेपछि पेन्सन पकाएर बुढ्यौली जीवन काट्ने हाम्रो समाजमा पच्चीस वर्षकाम गरेर पनि उनी थाकेका छैनन्। ँबल्ल कपाल पाक्न शुरू भो, पेट बढ्न थाल्यो, मानिसहरूले एकताको साहूजी भनेर पत्याउन थालेका छन्, अहिल्यै अवकाशको जिन्दगी जिउने बेलै भएको छैन, उनले उत्साहित हुँदै भने- ँमैले जिम्मेवारी थपिएको महसुस पो गरेको छु त। सानो उमेरमा व्यवसाय शुरू गरेका हुनाले उनका क्लाइन्ट -खास गरी भारतीयले) उनलाई साहूजी भनेर नपत्याउने बाबुलाई बोलाऊ भन्ने गरेको उनले सुनाए।

एकताले अब के गर्छ - पब्लिक कम्पनी बनेको करोडौंको सम्पत्ति आफ्नो नाममा भएको एकताले महत्त्वाकांक्षी प्रोजेक्ट सम्पन्न गर्दै रहेछ। ँहामी शब्दकोश परियोजनामा लागेका छौं, उनले सुनाए- ँनेपाली-अंग्रेजी, अंग्रेजी-नेपाली, एकता नेपाली शब्दकोश पारिभाषिक शब्दकोषको काम सत्र वर्षदेखि चलिरहेको हामी अन्तिम चरणमा आइपुगेका छौं। नेपाली शब्दकोशका लागि मात्रै झन्डै नौ लाख शब्द संकलन गरिएको उनले खुलासा गरे। यसबाहेक एकताले बालसाहित्य श्रव्यदृश्यका क्षेत्रमा पनि काम गरिरहेको छ।

यो परियोजनाको कुरा भयो, रामचन्द्रको एउटा सपना , एकतासँग जोडिएको- ँम यसलाई अक्सफोर्ड, ओरिएन्ट लडम्यानजस्तो विश्वप्रसिद्ध संस्था बनाउन चाहन्छु, जुन तिमोथीपरिवारको साथ नपाए पनि सधैं अस्तित्वमा रहिरहोस्। उनले सपनाको कुरा गरेका हुन् तर उनको प्रगतिको गति हेर्दा यसलाई फ्यान्टसी मात्र भन्न मिल्दैन। पब्लिक कम्पनीमा गएपछि यसका १३ जना बोर्डमेम्बर छन्। यसका फाउन्डर भने उनीसहित उनकी श्रीमती सलोमी लेप्चा दिलीप राई हुन्।

भक्तपुरको कटुन्जेमा वि. सं. २०१६ सालमा नेवारपरिवारमा जन्मिएका रामचन्द्र ट्वाँटिखल १२ वर्षको उमेरमा धर्म परिवर्तन गरी क्रिस्चियन बनेपछि नै रामचन्द्र तिमोथी बनेका हुन्। कालिम्पोङ मामाघर भएका उनी १२ वर्षको उमेरमा बाबु बितेपछि पोखरामा हुर्केको बताउँछन्। नेवारजस्ता नदेखिने उनको पुर्विया लवजका कारण धेरैले उनलाई पूर्वोत्तर भारतको धर्मप्रचारक भन्ठान्ने गरेको उनको अनुभव छ। ँयहाँ गरिखान नदिन धेरैले त्यस्तो भनेका होलान्, प्रस्टीकरणको भाषामा उनी भन्छन्- ँडाँडामाथिको शहरलाई सबैले देख्छन् भन्ने साँचो रहेछ, हामी पनि शिखरमा पुगेको धेरैलाई नभएको होला।

पोखराका आफ्ना साथीकी बहिनी सलोमी लेप्चालाई मन पराएपछि सन् १९८१ मा उनैसँग बिहे गरेका उनी त्यसयता सुखद दाम्पत्य जीवन बिताउँदै छन्। उनको व्यापारव्यवसायमा पनि उनले सधैं साथ दिँदै आएकी छन्।

हालै मात्र नेपाल पब्लिर्सस एसोसिएसनका अध्यक्ष बनेका उनले प्रकाशनको क्षेत्रमा हुने विकृति रोक्न भरमग्दुर प्रयत्न गर्ने बताएका छन्। पाइरेसी फोटोकपी गर्ने प्रवृत्तिका विरुद्ध लाग्ने उनको योजना छ। यो क्षेत्रमा सरकारी उदासीनताले पनि उनलाई दिक्क बनाएको छ। यो क्षेत्र सेवामुखी भएकाले अन्यत्र कर तिर्नुनपर्ने भए पनि यहाँ भ्याट, भन्सार कर तिर्नुपरिरहेको बताउँछन्। यति हुँदाहुँदै पनि नाफा कमाउन पाइरेसी फोटोकपी गर्न नपर्ने उनको धारणा छ। केही वर्षअघि कर छलेको भन्ने रिपोर्ट परेपछि सरकारी प्रताडना झेलेका उनले केही समयअघि त्यसमा सफाइ पाएका छन्। नेपालका प्रकाशकहरूले अझै पनि एथिकल्ली व्यापार गर्न नसकेको भोगाइ सुनाउने उनी बिजनेस कल्चर समृद्ध हुनुपर्नेमा जोड दिन्छन्।

पुस्तक प्रकाशन वितरणको व्यवसायका साथसाथै उनले हालै मात्र पर्यटन उद्योगमा पनि हात हालेका छन्। पोखरा, सिलिगुडी, सिटोड भुटानमा रिसोर्टमा लगानी गरेका उनले सिटोडमा जुस, जाम पिकलको उद्योग सञ्चालन गरेका छन्।

किताब छाप्ने बेच्ने व्यवसायमा वर्षौंदेखि लागेका उनी आफैंचाहिँ कत्तिको किताब पढ्छन् - ँखास रुटिन छैन तर किताब भएपछि मलाई अरू केही चाहिँदैन, उनी भन्छन्- ँयत्तिको किताब नपढ्ने भए यो व्यवसायमै हुने थिइनँ होला। व्यवस्थापनमा उच्चशिक्षा हासिल गरेका उनी एकताबाट प्रकाशित व्यवस्थापनसम्बन्धी ४०/५० वटा किताबका लेखक हुन् तर त्यसमा उनको नाम छैन। किताबको शीर्षक, लेखक भूमिकाका आधारमा कस्तो किताब हो भनेर थाहा पाउन सकिने उनका विचारमा पछिल्लो समयमा आख्यानभन्दा पनि गैरआख्यान विषयका किताब पढ्नेहरूको संख्या बढेर गएको छ। नेपाल मिसन एसोसिएसनलगायत दर्जनौं संघसंस्थामा आबद्ध उनी नेपालको किताब व्यापारमा अझै धेरै गर्ने कुरामा दृढ छन्।


2 Comments so far
Leave a comment

Very inspirational story!
Thank you for sharing!

Comment by Basanta

maile story chai padhe ko chaina.Blog banayechau ramro lagyo.good boy. maile pahile dekhi nai timi bhitra thulo prativa lukeko payeko thye.ahile prasphutit hundai cha. ramgro gara best of luck.

Comment by durga khanal




Leave a comment
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>