SHARAD CHIRAG ONLINE


युद्धसाहित्यका अभियन्ता
December 3, 2007, 4:44 am
Filed under: lifestyle

युद्धसाहित्यका अभियन्ता

शरद चिराग

sharad.chirag@gmail.com

 

नेपालले भोगेको एक दशक लामो द्वन्द्वका क्रममा लेखिएका कथाहरूको संग्रह द्वन्द्व युद्धका कथा एक वर्षघि निकाल्ने जमर्को गर्दा नेपाली युद्धसाहित्यको पायोनियर नै भइएला भन्ने उनलाई थिएन। त्यसपछि लक्ष्मण गौतमको त्यस्तै संग्रह, महेशविक्रम शाहको छापामारको छोरो अरू थुप्रैका कथासंग्रहदेखि उपन्याससम्ममा द्वन्द्व युद्धले ठाउँ पाउन लागेपछि उनलाई राम्रै गरिएछ भन्ने भएको यतिखेर।

दुई हप्ताअघि मात्रै यसको अंग्रेजी संस्करण स्टोरिज अफ कन्फ्लिक्ट एन्ड वार सार्वजनिक गरेका डा. गोविन्दराज भट्टराई यसको जस पाएर अहिले फुरुङ्ग छन्। मैले पनि युद्धका कथा लेखेको छु भनेर उनलाई फोन गर्ने स्रष्टाहरू बढेका छन्। ँयो सकारात्मक कुरा हो, हामी युद्धबाट मर्माहत भएका छौं, त्यसैले पहिले युद्धका बारेमा लेखेर त्यसपछि अरू विषयतिर लागौं भन्ने मेरो आग्रह हो -उनी भन्छन्।

२५ जना कथाकारले द्वन्द्वका बेला जोखिम मोलेर लेखेका पत्रपत्रिकामा छापिएका विभिन्न थिमका २५ वटा कथाको संग्रहमा उनले क्षेत्रीयतादेखि पुस्तासम्म सबैको प्रतिनिधित्व गराउन खोजेका छन्। एक वर्षभित्रै दोस्रोपल्ट मुद्रण भएको यही संग्रहलाई नेपाली युद्धकथाहरूको प्रतिनिधिसंग्रहका रूपमा अन्तर्राष्ट्रिय जगत्सम्म पुर्याउन उनले एक वर्षलगाएर अंग्रेजीमा अनुवादसमेत गरेका हुन्।

नेपाली साहित्यलाई विश्वसाहित्यमा चिनाउने मेरो प्रयास हो यो, ट्याङ्लाफाँटस्थित आफ्नै निवासमा भलाकुसारी गर्दै उनले भने- ँम सबै कुरा गर्न नसकुँला तर जग बसाल्नसम्म सक्छु कि भनेर लागिपरेको छु। लामो समय द्वन्द्वमा फसेको नेपालमा उनले सम्पादन गरेको यो संग्रह मन पराइपछि उनले ठानेका छन्- युद्धले दिएका पीडा, त्यसको छटपटी आर्तनादलाई पढ्न मानिसहरू रुचाउँदा रहेछन् किनभने यो आफ्नै समयको आँखाअगाडिको कथा हो।

विश्वमा युद्धसाहित्यको महत्त्व धेरै भएको संसारभरका नाम चलेका विश्वविद्यालयमा यसको पढाइ हुने हुनाले नेपालमा यस्तो परिपाटी बस्नुपर्नेमा उनको जोड छ। युद्ध खराब कुरा हो भनेर चिनाउन पनि पाठ्यक्रममा युद्धसम्बन्धी कथा, कविता, उपन्यासजस्ता विधालाई समावेश गर्नुपर्ने उनको धारणा हो। उनी द्वन्द्व युद्धका कथाको दोस्रो भोल्युम पनि निकाल्ने सुरसारमा छन्। ँ१७ वटा कथा पुगिसकेको , एक वर्षभत्र यो किताब बजारमा आइसक्छ -भन्छन् उनी। उनी यतिमै थामिनेछैनन्। नेपाली युद्ध द्वन्द्वका कविता शीर्षकमा एक सय कविका कवितालाई समेटेर प्रतिनिधिसंग्रह निकाल्ने काम शुरू भैसकेको छ। विष्णुविभु घिमिरेसँग मिलेर काम गरिरहेका उनका अनुसार यसमा पनि द्वन्द्वका बेला लेखिएका कविताहरू समेटिनेछन् तर यसमा कविको उमेरदेखि अरू कुराको बन्देज हुनेछैन। चुनिएका उत्कृष्ट कविता यसमा समेटिनेछन्।

एमाले नेता केपी ओलीका सहपाठी यिनले २०२६ सालमा झापाबाट एसएलसी दिएपछि दुई वर्षसम्म भुटान पुगेर काम गरे। भारतको इलाहाबादबाट आईए गरेका उनले झापा फर्केर सेवाकालीन शिक्षक भएपछि कीर्तिपुरबाट बीए बीएड गर्न भ्याए। २१ वर्षको उमेरमा भुटानका नेपालीहरूको राजनीतिक सांस्कृतिक पीडा समेटिएको मुगलान उपन्यास लेख्न भ्याएका उनी अहिले पनि सिर्जनात्मक लेखनमा औधी रहर गर्छन्। झापा मोरङमा मास्टरी गरिरहँदा उनले कीर्तिपुरबाट एमए-एमएड गरे। विश्वविद्यालयसेवामा २०३८ सालमा प्रवेश गरेपछि १० वर्षसम्म धनकुटा क्याम्पसमा पढाए। कर्ीर्तिपुरमा सरुवा भएर आएपछि उनले भारतको हैदराबाद विश्वविद्यालयबाट अनुवाद विषयमा पीएचडीसमेत गरे।

 मोटरगाडी हर्ेन दिन हिँड्नुपर्ने पाँचथरको विकट गाउँ च्याङथापका उनी हाइस्कुल पढ्न खाली खुट्टा मधेस झरेका थिए। ४० वर्षपछि अहिले आफ्नो अञ्चलकै अंग्रेजी विषयका पहिलो प्राध्यापक बनेका उनी साधारण जीवन मिजासिलो व्यवहारले विद्यार्थी साहित्यकारमाझ लोकप्रिय छन्। अंग्रेजी विभागको प्रमुख हुँदै अहिले सहायक डीनसम्म हुन आइपुग्दा पनि उनमा दम्भ पलाएको छैन अति महत्त्वाकांक्षा नै। ँभीरको पल्लो छेउको मान्छेलाई यो ठूलै उपलब्धि हो, उनी पुराना दिन सम्झिँदै भन्छन्- ँखोज्दै जाँदा भाग्य पनि भेटियो।

उनको पछिल्लो उपन्यास गत वर्षमंसिरमा निस्केको सुकरातका पाइलाको तेस्रो संस्करण आउने तयारीमा छ। उनको चर्चित कृति उत्तरआधुनिक ऐनाको पनि दुई वर्षा तेस्रो संस्करण आउने तयारीमा छ। अहिले उनी यतिमै मात्र सीमित छैनन्। निधन हुनुअघि कवि मोहन कोइरालाले भूमिका लेख्न जिम्मा लगाएका काव्यदेखि अभि सुवेदीको निबन्धसंग्रहलगायत झन्डै तीन दर्जन पाण्डुलिपि उनको भूमिका लेखिन लाममा छन्। उनले आफ्नो जीवनकै मास्टरपिस मानेको उत्तरआधुनिक विमर्श भन्ने पुगनपुग सय पृष्ठको किताब पनि माघसम्ममा बजारमा आउने तर्खरमा छ।

सिर्जनात्मक लेखनमा औधी रुचि राख्ने भट्टराईले भूमिका लेख्नेदेखि अनुवाद गर्ने विभिन्न कार्यक्रमको आतिथेय स्वीकार गर्नेसम्मको भूमिकाले थिचिएर यसमा त्यति धेरै समय दिन सकेका छैनन्। २०५९ सालमा नेपाली निबन्धहरूको अंग्रेजी अनुवाद सेलेक्टेड नेपाली एसेजपछिको पाँच वर्षा यो स्टोरिज अफ कन्फ्लिक्ट एन्ड वार उनको चौथो अनुवादसंग्रह हो। ँमेरा लागि यो अति महत्त्वपूर्ण -भन्छन् उनी। किन - अनुवाद पढाइ हुने विश्वभरका विश्वविद्यालयमा यो कृतिलाई पाठ्यक्रममा राख्न लगाउने, त्यति नभए सन्दर्भसामग्रीका रूपमा भए पनि राख्न लगाउने महत्त्वाकांक्षी योजनामा लागेका छन् उनी। विदेशस्थित नेपाली दूतावास अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नेर्टवर्क प्रयोग गरेर विश्वभरका पुस्तकालय विश्वविद्यालयसम्म पुग्ने उनको लक्ष्य छ।

विश्वमा अनुहार देखाउन अब पर्खालबाट बाहिर निस्कनुपर्ने उनको धारणा छ। शक्तिशाली प्रयोग, नवीन बाटो विश्वले लिएको गति पक्डिन सके मात्र नेपाली साहित्य विश्वसाहित्यको हाराहारीमा पुग्न सक्ने त्यसका लागि अंग्रेजीमा अनुवादको टड्कारो आवश्यकता ठानेका हुन् उनले। नेपाली वाङ्मयका साधकहरूले पाएको ज्ञान पारम्परिक सीमित भएको हुनाले यसलाई ब्रोड बनाउन ढिला गर्न नहुने नेपाली युद्धसाहित्यका यी अभियन्ताको मान्यता छ।


No Comments Yet so far
Leave a comment



Leave a comment
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>