SHARAD CHIRAG ONLINE


बढ्दै छन् नेपाली पदयात्री
November 14, 2007, 8:00 am
Filed under: travel/adventure

बढ्दै छन् नेपाली पदयात्री

(शिरद चिराग)

दशैंको अष्टमीको दिन श्रीमती र कलेज पढ्ने दुइ छोराका साथ घर छाडेर हिँडेका धुम्बाराही काठमाडौंका रमेश कोइराला लाङटाङ पदयात्रा सकेर स्यापुबेसी झर्दै गरेका भेटिए।

दशैंमा लाङटाङ किन त- दशैं भनेको रमाइलो गर्ने त हो’ -जम्काभेट भएका संवाददातासँग उनले भने।

डीएभी सुशील केडिया स्कुलका कम्प्युटर विज्ञानका शिक्षक भानु ढुंगाना कान्तिपुर सिटी कलेजमा एमसीए पढ्ने आफना साथी स्नेहा मानन्धर, फेसन डिजाइनिङकी विद्यार्थी गीता श्रेष्ठ र ट्रेकिङ गाइड मन्जु थापाका साथ केन्जिङ उपत्यकामा भेटिए। यसअघि अन्नपूण् परिक्रमा गरिसकेका उनीहरू योपालि दशैंको टीका सकेर यता हान्निएका रहेछन्।

पाटनका व्यापारी पवन डंगोल आफना दुइ साथीका साथ यही समय लाङटाङ आएका रहेछन्। कञ्चनजंघा क्षेत्रको ट्रेकिङ गइसकेका उनी यहाँ दोस्रो पटक आएका रहेछन्। हामी हरेक वर्षएउटा नयाँ ठाउँ घुम्न जाने गरेका छौं’ -उनले भने।

जनक शिक्षा सामग्री केन्द्रमा कार्यरत चाबहिलका अनुज ठाकुर र ठमेलका रमेश श्रेष्ठका विचारमा नेपालीहरूको घुम्ने बानीमा व्यापक सुधार भएको छ। बढ्दो शहरीकरणले कोलाहल र प्रदूषित हुँदै गएका शहरमा बस्दा वाक्क भएर बिदाको बेला रमाइलो गर्न हिँडेको उनीहरू बताउँछन्।

नेपालीहरूको घुम्ने बानीमा सुधार आएको स्विकार्ने धादिङ मलेखुका ट्रेकिङ गाइड दीपक त्रिपाठीले यही याममा अन्नपर्ण् परिक्रमा जाँदा डेढ सयभन्दा बढी नेपालीहरूलाई पदयात्राका क्रममा भेटे। ँकति गोराहरू पथपर्रदर्शक र भरिया नलिई नक्साको भरमा ट्रेकिङमा जान्छन्, तर अधिकांश नेपाली भने पथपर्रदर्शक र भरिया लिएर गएको भेट्दा एकदम खुसी लाग्यो’

-उनले सुनाए।पन्सको लियों शहरका सिभिल इन्जिनियर प्याटिरक हार्डीीाफनी श्रीमती लरेन्सका साथ दोस्रो पटक पदयात्रामा आउँदा थुप्रै नेपालीलाई यसरी घुम्न थालेको भेटे। आठ वर्षघि उनी थोराङपास जाँदा पथपर्रदर्शक र भरिया मात्रै हुन्थे तर अहिले नेपालीहरू पनि घुम्न निस्कन थालेको उनले बताए।

जंगल भ्यु होटलका मालिक कर्मा लामाका विचारमा पनि नेपाली पदयात्रीको संख्या पछिल्ला दिनहरूमा बढेर गएको छ। ँविगत चार वर्षा यहाँ पर्यटकको चहलपहल हराइसकेको थियो’, उनी भन्छन्- तर यो वर्षआशा गरेभन्दा बढी पर्यटक आइरहेका छन्। त्यसमा नेपाली पनि उल्लेख्य छन्।

नेपालीहरूलाई यसरी विदेशी पर्यटकसरह पदयात्रामा जानु सजिलो चाहिँ छैन। भानु ढुंगाना भन्छन्- विदेशी पाएसम्म नेपालीलाई सजिलै होटलमा बास दिँदैनन्, दिइहाले पनि नेपालीहरूलाई गर्ने व्यवहार दुख्ने गरी नै फरक हुँदो रहेछ।’ तर कर्मा घले भने केहीले त्यस्तो व्यवहार गरे पनि सबैले त्यसो नगर्ने दाबी गर्छन्।


No Comments Yet so far
Leave a comment



Leave a comment
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>